Blog

चलचित्र ‘के घर के डेरा २’ आफ्नै जीवनसँग जोडिएको कथा लिएर प्रदर्शनमा

काठमाडौं – हालै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘के घर के डेरा २’ दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ। शनिवार साँझ चलचित्र हेरेर निस्किएका दर्शक तथा कलाकारहरुले यो चलचित्रले जीवनको यथार्थ चित्रण गरेको प्रतिक्रिया दिएका छन्।

चलचित्र हेरेपछि सिने पत्रकारहरूसँग कुराकानी गर्दै कलाकारहरुले भने, “चलचित्रमा देखाइएको कथावस्तु कुनै न कुनै हिसाबले आफ्नै जीवनसँग मेल खान्छ।” दर्शकहरुले पनि जीवन कसरी जिउने भन्ने सन्देश दिएको भन्दै चलचित्रको तारिफ गरेका छन्।

चलचित्रले समाजमा घरभाडामा बस्ने र आफ्नै घर भएका मानिसबीच गरिने विभेदलाई उजागर गरेको छ। निर्देशक दिपेन्द्र के. खनालका अनुसार, ‘के घर के डेरा: घर नं २‘ ले यस्तो सामाजिक विभेदको दीर्घकालीन असरलाई समेत देखाउने प्रयास गरेको छ।

खनालले यो चलचित्र अघिल्लो ‘के घर के डेरा’ को सिक्वेल नभए पनि मुख्य विषयवस्तु घरबेटी र भाडामा बस्नेबीचको सम्बन्ध भएको बताएका छन्। उनले कसले घरबेटी हो र कसले भाडामा बस्ने भन्ने खुलाएका छैनन्।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी र प्रकाश घिमिरे जस्ता चर्चित कलाकारको अभिनय रहेको छ।

‘के घर के डेरा’ को कथा प्रसिद्ध लेखक बुद्धिसागरले लेखेका हुन्, र यो उनको पहिलो फिल्म लेखन हो।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएशनको प्रस्तुति हो। यसको छायांकन कृष्ण बहादुर थापाले गरेका हुन् भने निर्माणमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्। कार्यकारी निर्माता युवराज कार्की हुन्।

‘के घर के डेरा’ ले नेपाली समाजको एउटा गहिरो यथार्थ चित्रण गर्दै दर्शकलाई सोच्न बाध्य बनाउने खालको चलचित्र बनेको प्रतिक्रिया आइरहेको छ।